जलबिन्दु

जलविन्दु भनेको के हो ?
-> जलविन्दु भनेको एक प्रकारको आँखाको रोग हो जसमा अप्टिक नर्भ ( दृष्टि सम्बन्धी स्नायु ) मा क्षति भएको हुन्छ । यसको प्रारम्भिक चरणमा, जलविन्दुको केहि मात्र लक्षणहरू देखिन सक्छ वा कुनै लक्षण नै न देखिन सक्छ र यसले कुनै चेतावनी बिना नै आँखाको दृष्टि हरेर लैजान सक्छ । वास्तवमा , जलविन्दुबाट ग्रसित धेरैजसो मानिसहरूलाई आफूलाई यो रोग लागेको थाहै हुँदैन । यदि पत्ता नलगाए अथवा उपचार नगरि बसेमा , जलविन्दुले मानिसलाई अन्धो बनाउन सक्छ ।
जलविन्दुको जोखिम रहने सबभन्दा प्रमुख कारणहरू मध्ये एक कारण इन्ट्राअकुलर प्रेसर (IOP), अर्थात् आँखा भित्रको चापमा वृद्धि हुनु हो । एउटा स्वस्थ आँखामा, एक्वेश ह्युमर नाम तरल पदार्थ , जुन गतिमा यो बगेर सकिन्छ सोही गतिमा उत्पादन हुन्छ। बगेर जाने प्रणालीमा अवरोध उत्पन्न भएर सामान्य गतिमा सो तरल निकास हुन नसक्ने स्थिति भएमा चाप बढ्छ । यसरी बढेको IOP ले अप्टिक नर्भलाई धक्का लगाउँछ , जसले यसलाई विस्तारै क्षति पुर्याउँदै जान्छ र फल स्वरूप दृष्टि हराएर जान सक्छ र यो दृष्टि हराउने प्रकृया प्राय परिफेरल वा छेउको दृष्टि हराउँदै गएर शुरू हुन्छ । आँखाको बढ्दो चापलाई स्नायु रेसाहरू ( जसबाट अप्टिक नर्भ बनेको हुन्छ ) लाई बिस्तारै खराब बनाउने कारणका रूपमा पनि हेरिन्छ । जलबिन्दुका कारणहरू मध्ये हाल IOP को मात्र उपचार गर्न सकिन्छ ।
# जलबिन्दुको जोखिम क-कसलाई रहन्छ ?
परिवारमा कसैलाई जलबिन्दु भएको मानिसलाई
उमेर 40 वर्ष भन्दा बढी पुगेको मानिसलाई
मधुमेहको रोग लागेको मानिसलाई
लामो अवधिसम्म STEROIDS को प्रयोग गरेको मानिसलाई
आँखामा भौतिक चोट लागेको मानिसलाई
# जलबिन्दुको निदान कसरी गरिन्छ ?
-> जलबिन्दुको पत्ता लगाउने सर्वोत्तम उपाय भनेको आँखा रोग विशेषज्ञद्वारा आँखाको सम्पूर्ण जाँच गराउनु नै हो । आँखाको पूर्णतया जाँचमा IOP नाप्ने र आँखाको तरल बग्ने प्रणालीको कोण साथै अप्टिक नर्भको परिक्षण गर्ने कुराहरू पर्दछन् । यसका अतिरिक्त , प्रत्येक आँखाको पेरिफेरल भिजन (Peripheral Vision) वा छेउको दृष्टिको जाँच गर्न भिज्यूअल फिल्ड (Visual Field) टेस्ट गर्ने गरिन्छ ।
# जलबिन्दुको उपचार कसरी गर्न सकिन्छ ?
-> जलबिन्दुको कुनै उपचार नभए पनि, IOP मा आएको वृद्धिको मात्र हाल उपचार गर्न सकिन्छ । वृद्धि भएको IOP लाई अधिकतम् हदसम्म घटाउन र दीर्घकालीन नियन्त्रण कायम राख्न सक्ने सर्वाधिक प्रभावकारी वस्तु जस्तै , आँखामा हाल्ने औषधीद्वारा व्यापक ढङ्गमा उपचार गर्नु जरुरी हुन्छ । केहि अवस्थामा शल्यचिकित्साले पनि राम्रो काम गर्छ । चिकित्सकको अनुसार औषधी प्रयोग गर्नु र नियमित रूपमा जलविन्दुको प्रगति तथा उपचार विक्लपहरू बारे जान्ने आँखा विशेषज्ञलाई देखाउँदै गर्नु रोगीहरूका लागि जरुरी हुन्छ ।
भाग्यवश , जलबिन्दुको चाडैँ पत्ता लगाएमा उपचारले तपाईँको आँखा बचाउन सक्छ । तसर्थ 40 वर्ष भन्दा माथि उमेर भएकाले र जलबिन्दुको जोखिम रहने सक्ने व्यक्तिले जलबिन्दुको छ कि छैन भनेर एकचोटी अवश्य आँखा जाँच गराउनुहोस् ।


Comments