अल्सर भनेको के हो ? यसबाट कसरि बच्ने ?

अल्सर
प्राय: गरेर अहिलेका मनिषहरुलाई ग्यास्टिक बढ्दो छ ! समयमा खान नखानाले खाना आएमा !पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्टिक बढ्दै जान्छ ! यसरि अमसयाको खान नालीमा सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ !
आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ ! यो अलि बढी नै खतरा रोग हो ! मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्तछ ! यो पाचन प्रणाली संग जोडिएको हुन्छ !
१. अल्सर रोग हो या हैन कसरि थाहा पाउने ?
  • अल्सर रोग लायो भने छाती वा पेटको माथिल्लो पट्टिको भाग दुख्छ !
  • लाखी पेट अथवा खान खाइसकेपछी पनि दुखिरहन्छ !
  • उल्टी आउला  कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ !
  • उल्टी गर्दा रगतपनि आउन सक्छ !
२.अल्सर रोग लागेमा के खानेकुरा खानु हुन्छ ?
  • चिसो दुध पटक-पटक गरि दिनको ७-८ कप पिउने !
  • एकैपटक धेरै खान नखाने, थोरै-थोरै ४-५ पटक दिनमा खाने !
  • खानामा दुध,दाल,बिस्कुट,पोस्ट भात,मुग्को दाल, स्याउ, जाउलो खाने !
  • फलफूलमा जस्तै अंगुर, पाकेको केरा , स्याउ,गाँजर खाने !
  • प्रोटिनमा अन्डा, पनिर्, दाल खानु हुन्छ !
३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?
  • अत्यधिक तातो र चिसो खानेकुरा नखाने !
  • पिरो,मसलाको मात्रा धेरै, चर्को तरकारी,अमिलो दहि र अमिलो महि नखाने !
  • पेयपदार्थमा रक्सि,गाढा रंग हालेको चिया र कफी नखाने !
  • त्यलमा तारेको अत्याधिक चिल्लो खानेकुरा नखाने !
४. अल्सर रोग लागेको बेला केके नगर्ने ?
  • धेरै बेर भोकै नबस्ने
  • धर्मको नाउमा बर्त बसेर आत्मा नासुकाउने, ब्रत लिन छोडिदिने !
  • मानसिक चिन्ता तनावहरु सबै छोडिदिने
  • राति अनिदो धेरै बेर सम्म नबस्ने
  • दुख्यो भनेर आफूखुसी औषधि सेवन नगर्ने
  • कालो चियाको प्रायोग गर्दै नगर्ने
  • दिउसो सुत्ने बानि भए तुरुन्तै हटाउने !
५. अल्सर रोगको आफैले गर्न सकिने उपाय 
  • शारिरी तथा मानसिक रुपमा आराम गर्ने बानि बसाल्ने
  • खान खाँदा कुनै चिन्ता नलिएर आरामले खाने
  • तनावमा नबस्ने, रिसाएको जस्तो अनुहार बनाएर नबस्ने सधै हँसिलो भएर बस्ने !
  • कम गर्दा गर्दै पेट पोल्न लग्यो भने २-३ पिस बिस्कुट खाने !
  • स्वस्थताको लागि सधैँ ब्याम गर्ने बनि बसाल्ने !
  • डाक्टरको सल्लाह सुजाव सधैँ पालना गर्ने !

Comments