हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?



हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ ।
रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव अदिलाई उल्टाउन सकिने कारण मानिन्छ ।

उल्ट्याउन नसकिने कारणहरुः
१) उमेर उमेर बृद्धिसँगै  हृदयघातको जोखिम पनि बढ्छ । ४० वर्ष पछि उमेर सँगै ब्याक्तिको नशामा डीजेनेरेसनको प्रकृया बढ्ने हुँदा हृदयघात चाँडै हुन सक्छ ।
२) पुरुष लैगिंकता हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्छन् । महिलाहरुलाई आस्ट्रोजन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ ।
३) पारिवारिक इतिहास हृदयघात अनुवंशिक रोग पनि हो । जुन आमा-बुवाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ ।
उल्ट्याउन सकिने कारणहरु
१) उच्च रक्त संयुक्त कोलेस्ट्रोल
कोलेस्ट्रोल
रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जमेर हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँछ
२) उच्च रक्त एलडीएल कोलेस्ट्रोल
यसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा ज्यादा हुन्छ रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई कसिलो बनाइराख्छ ।
३) उच्च भि एलडीएल कोलेस्ट्रोल
यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउँछ ।
४) उच्च रक्त ट्राइग्लिसिराइड
५) निम्न रक्त एचडीएल कोलेस्ट्रोल
यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा  रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्छ ।
६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपात
यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।
७) उच्च रक्तचाप
१५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यसरी लामो समय सम्म रक्तचाप भईरहदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन गइ कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयरोग लाग्छ ।
८) मधुमेह
मधुमेह हुँदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमेर हृदयरोग लाग्छ ।
९) मोटोपन
मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउँछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्छ ।
१०) निस्क्रिय जीवन 
ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रत्तस्तर र शारिरिक तौल घटाउँन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।
११) धुम्रपान तथा सुर्ती सेवन
धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक छन ।
१२.मानसिक तनाव
वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँदछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।
१३. चोकर र रेसाको कमी
रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । मसिनो मिठो खानाले तौल पनि चाडौ बढाउँछ । फलतः मुटु रोग लाग्छ ।
१४.एन्टिअक्सिडेन्टको कमी
भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाऊछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन-ई नसाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ ।
१५. टायप ब्यक्तित्व
टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहनेइख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृतिका हुन्छन् । यसको अलावा यी व्यक्तिहरु सधै हतारमा रहने, पूर्वाग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने,  अरुलाई दबाएर राख्ने, प्रतिसपर्धि, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाडै रोगी हुन्छ ।
१६. मदिरापान
मदिरापान र मुटुको स्वास्थलाई लिएर ठुलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ ।


Comments