एग पकौडा
सामग्री
उसिनेको अण्डा
: २ वटा
मैदा : ३ चम्चा
बेसन : ३ चम्चा
काँचो अण्डा :
एउटा
जिरा र
खुर्सानीको धूलो : आधा चम्चा
अदुवा र लसुनको
लेदो : १ चम्चा
धनियाँको पात
(टुक्रा पारिएको) : १ चम्चा
नुन :
स्वादअनुसार
पानी : १ गिलास
तेल : फ्राई
गर्न पुग्ने
विधि
एउटा भाँडोमा
उसिनेको अण्डा र तेलबाहेक अन्य सबै सामग्री हालेर मुछ्ने । त्यसपछि उसिनेको अण्डालाई
दुई टुक्रा काटेर त्यही लेदोमा बिस्तारै डुवाउने । अण्डा नभाँचिने गरी लेदोलाई त्यसको वरिपरि
दल्ने । तातेको तेलमा उक्त अण्डालाई
विस्तारै राखेर फ्राई गर्ने । खैरो रंगको भएपछि बाहिर निकाल्ने । यसरी तयार भएको अण्डाको
पकौडामा माथिबाट चाट मसला छर्केर खान सकिन्छ ।
Comments
Post a Comment