तेल, रक्सी र
मुटुः फ्याटको फ्याक्ट
‘कुन खाने तेलले मुटुलाई फाईदा गर्छ ?’
मलाई धेरै मुटु
रोगीहरुले सोध्ने एउटा साझा प्रश्न हो यो ।
धेरै मानिसहरु
खाने तेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य
पदार्थबारे भ्रममा परेका देखिन्छन् । केही
वर्षअघिसम्म बजारमा मुख्य रुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरैले तोरीकै
तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिंदा र रोटी, पुरी पकाउँदा गाई भैसीको घिउ प्रयोग हुन्थ्यो । आज
बजारमा तोरी लगायत भट्मास, सुर्यमूखी, मकै, बदाम, ओलिभ आदि, धेरै थरीका खाने तेल विक्रिमा छन् ।
उद्योग व्यापारको
प्रोत्साहन गर्ने जमाना छ । तेल उद्योगहरुले नानाथरी आकर्षक विज्ञापन गरेर आ-आफनो उत्पादन
स्वास्थ्यका लागि फाइदाजनक भएको दावी गरीरहेका हुन्छन् । ‘यो तेलको प्रयोग गरेमा मुटुलाई स्वस्थ
र बलियो बनाउने, हर्ट अट्याक हुनबाट बचाउने र शतप्रतिशत कोलेस्टेरोल विहिन’जस्ता सन्देशहरु जनमानसमा पुर्याउने प्रयास
गरीरहेका देखिन्छन् ।
एक तोरीको तेल
उत्पादक कम्पनीले अचेल एकजना पाइलटलाई नै विज्ञापनमा प्रयोग गरीरहेको देख्न पाइन्छ । पाइलट
विज्ञापनमा भन्छन्, ‘साहसी बन्न बलियो मुटु चाहिन्छ र यसका लागि म १५
वर्षदेखि यही तोरीको तेल खाने गर्छु ।’
ति पाइलटमार्फत
गलत र भ्रामक सन्देश प्रसारीत गरिएको छ । यसैगरी ‘सूर्यमूखी
तेलमा कत्ति पनि कोलेस्टेरोल हुँदैन यसकारण यो मुटुका लागि फाइदाजनक छ’ भन्ने प्रचारबाजी पनि भ्रामक छ ।
यस कारण तेल र
चिल्लो पदार्थको वास्तविकता सबैले बुझ्नु जरुरी छ ।
फ्याटको फयाक्ट
चिल्ला खाद्य
पदार्थ भन्ने वित्तिकै घिउ र तेल भन्ने बुझिन्छ । खाना पकाउन धेरैजसो बनस्पति तेलको प्रयोग
गरिन्छ । तेलको बैज्ञानिक नाम, ट्राईग्लिसेराइड
हो । तीन अणु फ्याटी एसिड र एक अणु ग्लिसेरोल भएको रसायनिक बस्तु हो, ट्राईग्लिसेराइड ।
चाडपर्वको
वेलामा चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटु रोगीहरुले यस्तो परिकार खादाँ
धेरै विचार पुर्याउनुपर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ ।
तेलमा तीन
प्रकारका फ्याटी एसिड पाइन्छ । स्याचूरेटेड, मोनोअनस्याचुरेटेड र पोलि अनस्याचुरेटेड । स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानी गर्दछ भने
अनस्याचूरेटेडले केही मात्रामा फाइदा पनि गर्दछ । मोनो र पोली अनस्याचूरेटेड फ्याटी
एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पुर्याउँछ । यस्ता लाभदायी तत्व कुनै तेलमा
बढी र कुनैमा घटी हुन्छ ।
यसबाहेक तेलमा प्रशस्त मात्रमा टा्ईग्लिसेराइड हुन्छ जसले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र
मुटुमा नकारात्मक असर पार्ने गर्दछ । आम जनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक
उधोगहरुले यसको फाइदा उठाउने गरेका
हुन् ।
डा. प्रकाशराज
रेग्मी
विदेशबाट आयात
गरिएको सूर्यमूखी तेलको सिसीलाई हेरौं । त्यसको बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ, ‘शतप्रतिशत कोलेस्टेरोल फ्रि । कुरा
एकदम ठीक हो । कुनै पनि वनस्पति तेलमा
कोलेस्टेरोल पाइदैन । कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लो पदार्थ र घ्यू, मख्खन आदीमा मात्र पाइन्छ । सूर्यमूखी वा अन्य तेलहरुमा कोलेस्टेरोल पाइदैन
तर यिनमा ९५ प्रतिशत फ्याटी एसिड पाइन्छ । यो तथ्यलाई गोप्य राखेर कोलेस्टेरोल फ्रि भन्ने
शब्दलाई जोडतोडका साथ प्रचार
गरिएको हुन्छ ।
चिल्लो पदार्थ
चाहे त्यो तेल होस वा घिउ, शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टेरोल हुदैन तर अनस्याच्यूरेटेड
फ्याट बढी हुन्छ । यस्तै घिउमा कोलेस्टेरोल र स्याच्यूरेटेर फ्याट
बढी हुन्छ । मुटुका लागि कोलस्टेरोल र स्याच्यूरेटेड फ्याट बडी हानीकारक छन् । यस कारण तेल, अण्डा, घिउ मुटुका लागि बढी हानीकारक छ भनिएको हो । तर यसको मतलव तेल फाइदाजनक छ भन्ने चाही होइन । घिउको तुलनामा तेल कम हानिकारक
मात्र हो ।
चिल्लो पदार्थलाई धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै नै हानीकारक छ ।
चिल्लो पदार्थलाई धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै नै हानीकारक छ ।
चिल्लो
पदार्थलाई धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । ट्रान्स फ्याट स्वास्थ्यका लागि धेरै
नै हानीकारक छ । यस कारण डिप फ्राई गरेर पकाएका परिकारहरु स्वास्थ्यका लागि हानिकारक छन् ।
यसवाट मुटुरोग, क्यान्सर आदी उत्पन्न हुन सक्छन् ।
चिल्लो खाद्य
पदार्थमध्ये घिउभन्दा तेल वेस र तेलहरुमा शुद्ध तोरीको तेल सबैभन्दा उत्तम मानिन्छ । किनकी
तोरीको तेलमा गुनकारी तत्वहरु अरुमा भन्दा धेरै मात्रामा पाइन्छ । यो तेल
धेरेपल्ट तताउदा पनि ट्रान्सफ्याटमा परिवर्तन हुँदैन ।
चाडपर्वको
वेलामा चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटु रोगीहरुले यस्तो परिकार खादाँ धेरै विचार पुर्याउनुपर्छ
। छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन्
हानिकारक बन्न पुग्छ । यस कारण बोसो, छाला नभएको मासु खाने प्रयास
गर्नुपर्छ । मासु उसिनेर वा रोष्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खादा हरियो
सागपात र सलादसँग खानुपर्छ ।
अल्कोहलः घातक जल
तेलजस्तै
रक्सीका बारेमा पनि जनमानसमा एउटा भ्रम छ । ‘अलिकता पिउने गर्यो भने मुटु बलियो हुन्छ’ भन्ने गरिन्छ, जुन गलत हो । रक्सी पिउने चलन परापूर्वकालदेखिको हो । रक्सी
नराखिएको भोज खल्लोजस्तै मानिन्छ भने भोजमा रक्सी नपिउने मानिस एक्लोजस्तै
हुनपुग्छ । रक्सीमा ठूलो शक्ति छ । यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै
मान्छेको शरिरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । ‘रक्सी थोरै खाए औषधी, धेरै खाए विष हुन्छ, ठीक्क मात्रामा लिदा फाइदा गर्छ’ भन्ने बहाना बनाई रक्सी पिउने बानी
बसाल्नु हुदैन । रक्सीले
रक्तचाप बढाउछ, मस्तिष्कघात गराउछ, हार्ट फेल गराउँछ ।
होली डे हार्ट सिन्ड्रोम
चाड पर्वको
वेलामा रक्सी र मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानीकारक छ । चिल्लो र रक्सी
पनि एकसाथ मिसिदा मुटुको गति एकदम छिटो छिटो वेतालसँग
चल्ने हुनसक्छ । यसलाई ‘होलि डे हार्ट सिन्ड्रोम’ भनिन्छ । यो अवस्था धेरैजसो चाडपर्वमा
हुन्छ । खसीको कवाफ र रक्सी खादाँ मिठो त हुन्छ, तर यसले मुटुलाई भने क्षती पुर्याउँछ । परिणामस्वरुप
दशैका बेला होलिडे हार्ट सिन्ड्रोमका विरामी
धेरै हुने गर्छन् ।
अतः चिल्लो
पदार्थ, तेल, घिउ, रक्सी, मासु आदीका सम्बन्धमा के, कसरी र कति खाने हो भन्नेबारे जानकारी राखी
स्वास्थ्यमा हानी नपुग्ने गरी उपभोग गर्नु उत्तम हुन्छ ।
Comments
Post a Comment