दिनहुँ अण्डा खानु आबश्यक



टाइप-२ मधुमेहको जोखिम कम गर्नलाई अनुसन्धाताहरूले नयाँ उपाय सुझाएका छन् । उनीहरूका अनुसार, दिनहुँ अन्डा खाने गरे त्यस्तो समस्या घट्दै जान्छ ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्युटि्रसन मा प्रकाशित एउटा अध्ययनमा यस्तो दाबी गरिएको छ । यसबारे गरिएको अनुसन्धानमा, हरेक साता चार अन्डा खाने पुरुषहरूमा टाइप-२ मधुमेहको जोखिम सातामा एउटा मात्र अन्डा खाने पुरुषको दाँजोमा ३७ प्रतिशत कम थियो ।
टाइप-२ मधुमेह विश्वभरि नै तीव्र गतिले फैलिरहेको छ । फिनल्यान्डका अनुसन्धानकर्ताहरूले सन १९८४ देखि १९८९ सम्म ४२ देखि ६० वर्षसम्मका २ हजार ३ सय ३२ पुरुषको खानपानको अभ्यास सर्वेक्षण गरेका थिए । त्यसपछि १९ वर्षसम्म ती व्यक्तिको फलोअप गरे, जसमा तीमध्ये ४ सय ३२ पुरुषलाई टाइप-२ मधुमेह भएको थियो ।


Comments